Hamro Sanchar

साल्ट ट्रेडिङको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २९ गते


काठमाडौं, चैत २९- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठ नियुक्त भएका छन् ।

सोमबार बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले कर्पोरेसनकै सञ्चालकको रूपमा काम गर्दै आएका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आठ वर्षदेखि कर्पोरेसनको संचालकको रूपमा आफ्नो कार्य गर्दै आएका उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।


प्रतिकृया दिनुहोस्