Hamro Sanchar

काठमाडौँ उपत्यकासहित पहाडी भेग तुवाँलोले ढाक्यो, सतर्कता अपनाउन सुझाव

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २९ गते


काठमाडौँ । अहिले देशका पहाडी भेग तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तुवाँलो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यकामा पनि तुवाँलो लागिरहेको छ। ‘अहिले यहाँको भिजिबिलिटी (पारदर्शिता) पनि कम छ, अहिले भिजिबिलिटी २ हजार मिटर मात्र छ’, उनले भनिन्।

आगामी २र३ दिनसम्म वर्षाको खासै सम्भावना नभएकाले तुवाँलो हट्ने सम्भावना छैन। ‘वर्षा भए तुवाँलो हट्थ्यो, तर आगामी २र३ दिन वर्षाको सम्भावना देखिँदैन।’ बरु केही ठाउँमा हावा चल्ने सम्भावना भएकाले त्यसले डढेलो फैलिने र त्यसले झन् तुवाँलो बढाउने मौसमविद् मानन्धरले बताइन्। तुवाँलोले स्वास्थ्यमा असर पर्ने भएकाले स्वास्थ्यकर्मीसँग सल्लाह लिएर सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।

आजको मौसम
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।


प्रतिकृया दिनुहोस्