Skip

Hamro Sanchar

बैतडीमा भएको जिप दुर्घटनामा परि ६ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २९ गते


काठमाडौं । बैतडीको पाटन नगरपालिका-८ मा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका-५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृतक सबै एकै गाउँका हुन् ।

दुर्घटनाको समयमा जिपमा १२ जना थिए । तीमध्ये ५ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताए । जिप दुर्घटनाको कारण खुलेको छैन ।


प्रतिकृया दिनुहोस्