Skip

Hamro Sanchar

उपेन्द्र यादव भन्छन् : मैले मेरो प्रतिस्पर्धी नै देख्या छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २८ गते


बारा । बारा-२ का उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको बताएका छन् । घरदैलो कार्यक्रममा रहेका अध्यक्ष यादवले पत्रकारसँग कुरा गर्दै उनले जनताले आफूलाई नै अत्यधिक मत दिएर जिताउने दाबी गरे । उनले भने, ‘यति मत, त्यति मत भन्दा जनताले नै अत्यधिक मत दिएर जिताउने भनेका छन्, हेरौँ, के हुन्छ ।’

अध्यक्ष यादवले यहाँका किसानका लागि सिँचाइ र मल खादको समस्या रहेको बताए । यहाँ कृषिमा मात्र होइन, सडक, बाटो घाटो, खानेपानी, शिक्षा स्वास्थ्यको अवस्था पनि त्यस्तै देखिएको उनले बताए । बारामा देखिएको समस्या समाधान गर्ने गरी आफू अगाडि बढ्ने यादवले बताए ।

किसानलाई मल, खादको व्यवस्था गर्नुको साथै ग्रामीण भेगसम्म सडक पुर्‍याउने, शिक्षा र स्वास्थ्यलाई सुधार गर्ने एजेण्डाका साथ आफू जनतासमक्ष गएको बताउँदै उनले सडक, शिक्षा, स्वास्थ्य, कृषिमा सुधार भयो भने यहाँको जनताको जीवनस्तरमा सुधार हुने जिकिर गरे ।


प्रतिकृया दिनुहोस्