Hamro Sanchar

सुनको लोभमा एकै घरका २ बालिकाको हत्या, ७ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २६ गते


रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-३ रन्मामा दिदीबहिनी मृत भेटिएको घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रण लिएको छ । गत चैत २२ गते घरबाट सिस्नु टिप्न गएका दिदीबहिनी १० वर्षीया रिना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर घर नआएपछि उनीहरूको आफन्तले खोजी गर्दा १ सय मिटर तल भिरमा शव भेटिएको थियो ।

मृतक दिदीबहिनीले लगाएको सुनको गहना लुटपाट गरिएको र सुनको लागि नै घटना भएको हुने सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपुर्वका प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार नाक र कानका गहना लुटेर उनीहरूको हत्या गरेर भीरमा फालिएको आशंका गरिएको श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार दुई दिदीबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिवार पोष्टमार्टम गरिएको छ ।


प्रतिकृया दिनुहोस्