Hamro Sanchar

सर्पले डस्दा दाङमा १ जना बालकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २५ गते


Advertisement

दाङ । सर्पले डसेर दाङको तुलसीपुरमा एक जना बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ढकनाका ११ वर्षीय छवि चौधरीको सर्पले डसेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरको आँगनमा खेल्दै गरेको बल बारीमा पुगेपछि लिन जाँदा उनको औँलामा डोमनी प्रजातिको सर्पले डसेको थियो । सर्पले डसेपछि गम्भीर बिरामी भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्