Hamro Sanchar

मधेस सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरुले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २१ गते


काठमाडौं । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेको तर्फबाट सरकारमा सहभागी ४ जना मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चार मन्त्री शत्रुधनप्रसाद सिंह, कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले राजीनामा दिनुभएको हो ।

सङ्घीय सरकारमा सत्ता फेरबदल भएसँगै सरकारमा बस्न उचित नलागेको भन्दै मन्त्रीहरूले राजीनामा दिएका हुन् । मधेस प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २३ जना प्रदेश सभा सदस्य रहेका छन् ।


प्रतिकृया दिनुहोस्