Skip

Hamro Sanchar

मिटरब्याजपीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ : गृहमन्त्री श्रेष्ठ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १९ गते


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् । आइतबार स्वास्थ्य परीक्षणपछि आ-आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरूलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताए ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए । ूउहाँहरूसँग वार्ता भएर हामीले सहमति गरिसकेका छौँ । अब घर फर्किंने तयारीमा हुनुहुन्छ, उनले भने, सरकार सहमतिप्रति गम्भीर छ । सहमतिको कार्यान्वयन हुन्छ । समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ । आवश्यक निर्णय गरेर प्रक्रिया अगााडि बढ्छ ।

पीडितहरु पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन् । सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनीहरूले आफूहरूले न्याय पाउनेमा विश्वास व्यक्त गरे ।


प्रतिकृया दिनुहोस्