Skip

Hamro Sanchar

उपचुनाव- कांग्रेसले बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १९ गते


काठमाडौं । नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

बैठकले बारा, चितवन र तनहुँमा ०७९ को निर्वाचनमा भन्दा पहिला स्वतन्त्र उम्मेदवारी दिएका र अनुशासन उल्लंघन गरेको नेताहरुमाथि गगरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । ‘०७९ को निर्वाचनको हकमा उपचुनावमा खेल्ने भूमिकालाई हेरेर निर्णय गर्ने भन्ने भएको छ,’ सहमहामन्त्री बन्द्री पाण्डेले भने ।


प्रतिकृया दिनुहोस्