Hamro Sanchar

प्रधानमन्त्री प्रचण्डले टिचिङ पुगेर लिए राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १९ गते


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यबारे जानकारी लिएका छन् । आज बिहान टिचिङ अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

“सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्युले आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्युलाई भेटी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ,” उनले फेसबुकमा लेखेका छन् । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका थिए ।


प्रतिकृया दिनुहोस्