Skip

Hamro Sanchar

मन्त्रिपरिषद् विस्तार : नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १७ गते


काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने जनाएको छ ।

लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता हुने भएको छ । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।

नेपाली कांग्रेसबाट आठ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २-२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट एक÷एक जना मन्त्री मन्त्रीले शपथ लिने छन् ।

बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो ।


प्रतिकृया दिनुहोस्