Skip

Hamro Sanchar

संसदमा प्रतिनीधित्व बढाउन रास्वपाको टिरिक, वाग्ले खरेल बैशाखी !

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १७ गते


काठमाडौं, चैत १६- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनमा जीत निकाल्नको लागि विभिन्न उपाय अपनाईरहेको छ । यसैबीच रास्वपाले स्वर्णिम वाग्ले र रमेश खरेललाई प्रारम्भिक उम्मेदवारको सुचिमा राखेको छ ।

रास्वपाले यी दुईलाई आगामी उपनिर्वाचन जित्ने पात्रको रुपमा अघि सारेको छ । वाग्ले र खरेल यस पटकको उपनिर्वाचनमा रास्वपाको बैशाखी टेकेर संसद यात्रामा अघि बढेका छन् ।

१० वैशाखमा उपचुनाव हुने तीन क्षेत्रको उम्मेदवारका लागि पार्टीमा हुने प्राइमरीका लागि रास्वपाले ६ जनाको नाम सार्वजनिक गरेको हो । जसअनुसार चितवन २ मा पार्टी सभापति रवि लामिछाने मात्र उम्मेदवार छन् ।

तनहुँ १ मा डा. स्वर्णिमसँगै ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे उम्मेदवार छन् । वाग्लेले बिहीबार मात्र नेपाली कांग्रेस परित्याग गरेका थिए ।

यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपाने छन् । पूर्व डीआईजी रमेश खरेल सुशासन पार्टीका अध्यक्ष हुन् र ४ मंसिरको चुनावमा काठमाडौं १ उम्मेदवार थिए ।

रास्वपाका अनुसार पार्टी विधानअनुसार हुने प्रारम्भिक निर्वाचनमा सबभन्दा बढी मत पाउनेलाई आगामी चुनावमा पार्टीले टिकट दिनेछ ।


प्रतिकृया दिनुहोस्