Skip

Hamro Sanchar

राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १२ गते


पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न गोरखा पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल आइतबार बिहान १० बजे गोरखा पुगेका हुन् ।

मन्दिरमा पूजा अर्चना र दर्शन गरेर उनी करिब दुई घण्टा गोरखामा रहेर फर्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।


प्रतिकृया दिनुहोस्