Hamro Sanchar

बागमती प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्रीले पुन: विश्वासको मत लिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १० गते


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पुनस् विश्वासको मत लिँदैछन् । यसअघि बुधबार विश्वासको मतका लागि तय गरिएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि स्थगित गरेर आजका लागि बोलाइएको थियो । बैठक दिउँसो १ बजे बस्नेछ ।

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले केन्द्रमा गठबन्धन फेरिएसँगै दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन् । कांग्रेसले उनलाई विश्वासको मत दिने निर्णय गरेको छ । नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरे पछि आपसी सहमतिमा बुधबार आजलाई डाकिएको हो ।


प्रतिकृया दिनुहोस्