आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गुनासो सुन्न कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गर्यो भाईबर ग्रुप

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, ४ गते


Advertisement

काठमाडौं, फागुन ४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीको समस्या तथा गुनासो सुन्न भाइबर ग्रुप सञ्चालनमा ल्याएको छ । भाइबर ग्रुप सञ्चालनमा ल्याएसँगै नगरबासीले आफ्ना समस्या तथा गुनासो भाइबर ग्रुप मार्फत राख्न सक्ने नगरपालिकाले जनाएको छ ।

प्रविधिको प्रयोग गरि नगरबासीसँग प्रत्यक्ष जोडिन भाईबर ग्रुप सञ्चालनमा ल्याइएको नगरप्रमुख उपेन्द्र कार्कीले बताए । उनले भाइबर ग्रुप मार्फत नगरपालिकाका सूचना नगरबासीसम्म पुर्‍याउन र जन गुनासो बुझ्न तथा नगरपालिकालाई सहज हुने विश्वास व्यक्त गरे । साथै उक्त भाईबर ग्रुपबाट सल्लाह र सुझाब समेत दिन सकिनेछ ।

 


प्रतिकृया दिनुहोस्