Skip

Hamro Sanchar

उपराष्ट्रपतिमा जनमतकी ममता झाको उम्मेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २७ गते


काठमाडौं । जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी छन् । झाले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी गराएकी हुन् । सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भए पनि जनमत त्यसमा सहमत भएको छैन ।

निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । सोहीअनुसार जनमतले महिलालाई उम्मेदवार बनाएको हो । उपराष्ट्रपतिको निर्वाचन चैत तीन गते हुँदैछ ।


प्रतिकृया दिनुहोस्