
काठमाडौँ , फागुन २५- राष्ट्रपति निर्वाचनमा संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन् ।
मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा लडेका हुन्। टाउकोमा चोट लागेपछि उनलाई अस्पताल पुर्याइएको छ ।
सांसद न्यौपाने नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन्। नयाँबानेश्वोर स्थित संसद भवनमा यतिखेर राष्ट्रपतिको लागि निर्वाचन भईरहेको छ। त्येहाको पछिल्लो अवस्था सामान्य रहेको छ ।