Hamro Sanchar

भोट माग्दै राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले सांसदलाई पठाए पत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १८ गते


काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई पत्राचार गरेका छन् । उनले आफ्नो लेटरप्याडमा सबै सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेर मत मागेका छन् ।

बिहीबार नेपाली कांग्रेस–माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले काठमाडौंमा संघीय सांसदका लागि अभिमुखीकरण कार्यक्रम राखेका छन् । उक्त कार्यक्रममा कांग्रेस वरिष्ठ नेता पौडेलले आफूले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिवद्धता जनाउँदै मत मागेका हुन् ।

‘सबै धर्म संस्कृति, जात वर्ग लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको पालना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारका रुपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु’ उनले भने ।


प्रतिकृया दिनुहोस्