Skip

Hamro Sanchar

इलोन मस्क नै बने विश्वकै धनी व्यक्ति

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १६ गते


एजेन्सी । इलोन मस्क फेरि विश्वकै धनी व्यक्तिमा फर्किएका छन्। ब्लुमबर्गका अनुसार टेस्लाका प्रमुख कार्यकारी मस्कले फ्रेन्च विलासी सामान एलभीएमएच ब्रान्डका प्रमुख कार्यकारी बर्नार्ड आर्नोलाई उछिनेका हुन्।

यो सूचीमा यसअघि पनि मस्क नै १ नम्बरमा रहे पनि दुई महिना लामो समय उनी दोस्रो स्थानमा झरेका थिए। सोमबार भने टेस्लाको सेयर बढेपछि मस्कको सम्पत्ति बढेको हो। सोमबार मस्कको सम्पत्ति १८७ अर्ब डलर रहेको थियो। आर्नोको भने १८५ अर्ब डलर रहेको ब्लुमबर्गले जनाएको छ।


प्रतिकृया दिनुहोस्