Hamro Sanchar

नेपाल टेलिकमको प्रिपेड मोवाइलको नेटवर्कमा समस्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १५ गते


काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोवाइलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार विहानदेखि मोवाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको हो ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले केही ठाउँमा मात्र समस्या देखिएको बताए । ‘कतिपय ठाउँमा ‘अप्टिमाइजेसन’ गर्नुपर्ने भएकाले त्यसको काम भइरहेको छ, त्यसैले केही ठाउँमा समस्या देखिएको हो’ उनले भने ।

 


प्रतिकृया दिनुहोस्