काठमाडौं, फागुन १३- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न स्थानमा रहेका जग्गाहरुको अवलोकन गरेका छन् । नगरपालिकालाई खेलकूद नगरीको रुपमा विकास गर्ने उद्देश्यका नगरप्रमुख उपेन्द्र कार्कीसहित राखेपका सदस्य–सचिवको टोलीले नगरपालिकाका ९ वटै वडाहरुका विभिन्न स्थानमा रहेका जग्गाहरुको शुक्रबार अवलोकन गरेका हुन् ।
टोलीले नगरपालिकाकामा रहेका सोम तीर्थ, गोठाटारको इचोटस्थित पशुपति विकास कोष, मूलपानी चौर, थली चौर, डाँछी र अधिकारी गाँउमा रहेका जग्गाको अवलोकन गरेको हो ।
कागेश्वरीलाई पाँच वर्षभित्र खेलकुद नगरी बनाइ छाड्ने घोषणा गरेका नगरप्रमुख कार्कीले नगरपालिकाले खेलकुदका पूर्वाधार निर्माणको लागि सम्भाब्यता अध्ययन समिति गठन गरिसकेको र आवश्यक गृहकार्य अगाडि बढाइरहेको जानकारी दिए ।
यससँगै नगरपालिकाभित्र फरक-फरक खालका खेलकुदका पूर्वाधार बनाउने गृहकार्य अगाडि बढेको छ ।
अवलोकनको क्रममा राखेस सदस्य सचीव घिसिङले निर्माण गर्न सकिने सम्भावित खेलकूदका पूर्वाधार, जग्गा प्राप्तीको विषय, आपसी समझदारीमा सहयोगको र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।
नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममै नगरलाइ स्पोर्टस सिटी (खेलकुद नगरी)को रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको छ भने नगरपालिकालाई स्पोर्टस सिटी बनाउने उदेश्यका साथ ‘खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समिति’ निर्माण गरेर काम अगाडी बढाई रहेको छ ।
यो पनि पढ्नुहोस्- निर्माणाधीन खेल मैदानको निरीक्षण गर्न वैशाखी टेकेर पुगे मेयर कार्की