
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चार दलबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति बन्न सक्ने संकेत गरेका छन् ।
प्रतिनिधि सभाको बैठकपछि बाहिरने क्रममा राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति बन्न लागेको हो रु भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पक्कै पनि त्यही हो ।’ उनले राष्ट्रपतिको विषयमा ठोस निर्णय पाँच बजे बस्ने बैठकले गर्ने बताए ।
उनले भने, ‘हामीले एजेण्डासहित राष्ट्रिय सहमति भनेर प्रस्ताव पार्टीबाट अघि सारेका छौं । एमालेसहित सबै दलहरुसँग छलफल हुन्छ। तानातानको अवस्था होइन । सहकार्यको अवस्था छ । राष्ट्रिय सहमति गर्नुपर्छ । राजनीतिक खिचातानी छाडेर सबै पार्टीहरु जिम्मेवार भएर लाग्नुपर्छ ।’