Hamro Sanchar

भीम रावलको टिप्पणी : राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ११ गते


काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन् । बिहीबार सामाजिक सञ्जालमार्फत रावलले पदका लागि भएको जति छलफल देश र जनताका लागि गरेको भए जनतालाई राहत हुने बताएका छन् ।

‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि रु’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्न थाले । लज्जास्पद र निन्दनीय ।’


प्रतिकृया दिनुहोस्