काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा घरेलु टिम नेपालले स्कटल्यान्डको पाँचौँ विकेट लिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डको पाँच विकेट लिइसकेको छ । नेपालका लागि सन्दीप लामिछानेले चार र कुशल मल्लले एक विकेट लिएका छन् ।
सन्दीपले आफ्नो चौथो विकेटको रूपमा टोमस म्याकिनतोसलाई एक रनमा आउट गराए । यसअघि सन्दीपले जर्ज मन्जीलाई ६०, कायल कोएट्जरलाई २२ र रिची बेरिङटनलाई शून्यमा आउट गराएका थिए ।
त्यस्तै, कुशल मल्लले क्रिस्टोफर म्याकब्राइडलाई २२ रनमा आउट गराए । स्टकल्यान्डले २२ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा १२० रन बनाएको छ ।