Hamro Sanchar

चिकित्सक सङ्घको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, २९ गते


काडमाडौं । नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरू अलमलमा परेका छन् । ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन् ।

स्याङजाका एक बिरामी रामेश्वर न्यौपाने भन्छन्, ‘अस्पतालमा उपचारका लागि आइयो तर यहाँ ताला बन्द छ, अब कसरी उपचार गर्नु रु अलपत्र परियो ।’ सरकारले सो घटनामा संलग्न एक वरिष्ठ उपरीक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक सङ्घले अझै आन्दोलन फिर्ता लिएको छैन ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सक सङ्घका पदाधिकारी बिच वार्ता भने भइरहेको छ ।


प्रतिकृया दिनुहोस्