Skip

Hamro Sanchar

आइओएमका विद्यार्थी र प्रहरीबीच झडप, केही विद्यार्थी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १० गते


काठमाडौं । काठमाडौंको महाराजगंजस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आइओएमको डीन कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रहरीले तोडेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

महाराजगंज मेडिकल कलेजका विद्यार्थीहरु होस्टलको व्यवस्थापन गर्न माग गर्दैै सोमबारदेखि आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा विद्यार्थीहरुले डिनको कार्यालयमा तालाबन्दी समेत गरेका थियो ।

विद्यार्थीले लगाएको तालाबन्दी प्रहरीले तोडेपछि झडप भएको एक विद्यार्थीले बताए । प्रहरीले आन्दोलनरत विद्यार्थीहरुमाथि लाठीचार्ज समेत गरेको छ भने केही विद्यार्थी पक्राउ परेका छन् । कलेजले विद्यार्थीहरुलाई अनिवार्य रुपमा छात्रावास उपलब्ध नगराएको र होस्टलमा बसेकाहरुलाई पनि हटाउन खोजेपछि कलेजविरुद्ध आन्दोलन गरिरहेका छन् ।

१५ सय जना पढिरहेको उक्त कलेजमा अहिले साढे २ सयजनाले मात्र होस्टल बस्न पाएका छन् । थप विद्यार्थी व्यवस्थापन गर्नुको साटो होस्टल बसिरहेका विद्यार्थीहरुलाई पनि मर्मत सम्भारको बाहना होस्टलबाट हटाउन खोजेको विद्यार्थीहरुको आरोप छ ।


प्रतिकृया दिनुहोस्