Skip

Hamro Sanchar

जडीबुटी मिसाएको खाजा खाँदा जुम्लामा १ जनाको मृत्यु, ३ जना बिरामी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ८ गते


जुम्ला । जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा १ जनाको मृत्यु भएको छ । भने ३ जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका ४ जनामध्ये ३५ वर्षीय दीपक रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हो ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ ८ का तिल धरालाको घर बनाउने क्रममा खाजा खाँदा बिरामी भइ अस्पताल आएकामध्ये दिपकको ज्यान गएको हो । यस्तै, बिरामी भएका ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया, ३० वर्षीय पारष धरालाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

शनिबार हिजो दिउँसो खाजामा जडीबुटी मिसाएर खाएपछि उनीहरु बिरामी भएका जानकारी पाएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्