Hamro Sanchar

१७ डीआईजीको काज सरुवा, को कहाँ ? (सूचीसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २८ गते


काठमाडौँ । गृहमन्त्रालयले नेपाल प्रहरीका १७ जना नायव महानिरीक्षक ९डीआईजी० को काज सरुवा गरेको छ। गृह मन्त्रालयले बिहीबार १७ डीआईजीको काज सरुवा गर्दै सबै प्रदेशको नेतृत्व पनि हेरफेर गरेको छ।

मन्त्रालयले गरेको सरुवा अनुसार प्रदेश १ प्रमुखको जिम्मेवारी श्यामलाल ज्ञवालीले पाएका छन्। त्यस्तै मधेश प्रदेशमा वसन्त कुँवर गएका छन्। यता संघीय राजधानी रहेको बागमती प्रदेशमा दीपक थापाले जिम्मेवारी पाएका छन्।

गण्डकी प्रदेश प्रमुखमा बुद्धिराज गुरुङ गएका छन्। लुम्बिनी प्रदेशमा टेकप्रसाद राई र कर्णाली प्रदेशमा भीम ढकालले जिम्मेवारी पाएका छन्। गृहले सूदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डीआईजी अशोक सिंहलाई पठाएको छ।

सरुवा अनुसार नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रमुखमा डीआईजी दुर्गा सिंह तोकिएकी छन्। यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा किरण राणाले जिम्मेवारी पाएकी छन्।

 


प्रतिकृया दिनुहोस्