Skip

Hamro Sanchar

रौतहटमा चिसोले कठ्यांग्रिएर २ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २८ गते


रौतहट । रौतहटमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ। कटहरिया र यमुनामाई नगरपालिकामा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको हो। कटहरिया–१ भसेढवा ९० वर्षीय धेनुक साह कानुको बुधबार चिसोले कठ्यांग्रिएर मृत्यु भएको कटहरिया १ का वडाध्यक्ष भुपेन्द्र महतो कोइरीले जानकारी दिए।

त्यसैगरी चिसोले कठ्यांग्रिएर यमुनामाइ गाउँपालिका ५ झुनखुनवाका ७० वर्षीय लालमहम्द मियाँ कवारीको पनि मृत्यु भएको छ। उनी सुतेकै ठाउँमा मृत फेला परेको परिवारका सदस्यले बताएका छन्।

एक सातादेखि घाम नलाग्दा तराई(मधेशको जनजीवन कष्टकर बनेको छ। शीतलहर र चिसो हावा चल्दा मानिसहरु घर बाहिर निस्कन सकेका छैनन्। बिहीबार पनि तराई(मधेशका जिल्लामा बाक्लो हुस्सु लागेको छ। चिसो बढेपछि सबैजसो विद्यालय बन्द गरिएका छन्।


प्रतिकृया दिनुहोस्