कैलाली, पुस २७- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई जेलबाट छुटाउनेबारे प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौताको माग गरेका छन् । उनले दिउँसो २ बजेसम्म यस विषयमा ठोस निर्णय नभए आफू त्यस गठबन्धनमा नरहने जनाएका छन् ।
आज डिल्लीबजार कारागारमा सांसद र आफूनिकटका नेताहरूलाई रेशमले उक्त कुरा बताएका हुन् । लिखित प्रतिबद्धता आएमा अहिलेको गठबन्धन कायम रहन्छ नभए गठबन्धन अर्को हुन्छ बैठकमा सहभागी एक नेताले भने ।