Hamro Sanchar

खराब मौसमका कारण अन्तर्राष्ट्रिय विमानस्थलबाट ६१ उडान रद्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २६ गते


काठमाडौँ । खराब मौसमका कारण मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६१ वटा उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारका लागि १ सय १९ वटा उडान तालिका थियो ।

सबैभन्दा धेरै बुद्ध एयरका ३३, यति एयरलाइन्सका १४, श्री एयरका १०, सौर्यका ३, गुण एयरको एउटा गरी ६१ उडान रद्द गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

खराब मौसमका कारण मंगलबार साँझ ७ बजेसम्म भैरहवा, विराटनगर, सिमरा, जनकपुर, धनगडी, भद्रपुर, राजविराज, नेपालगन्जका उडान रद्द भएका हुन् । बिहान ६ देखि साँझ ७ बजेसम्मको तालिका अनुसार सिमरा, भैरहवा र विराटनगरमा उडान नै भएनन् ।


प्रतिकृया दिनुहोस्