काठमाडौं । नेकपा एकीकत समाजवादीका अध्यक्ष माधव नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतीको सम्बोधन हुने गरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औँ स्थापना दिवसको अवसर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले देशको राजनीति आफ्नै हिसाबले अघि बढिरहेको भन्दै वर्तमान सत्ता गठबन्धन कति दरिलो छ भन्ने कुरा सहजै अनुमान लगाउन नसकिने बताए ।
उनले वर्तमान गठबन्धन कति दरिलो र कति टिकाउ छ भन्ने कुरा यसै भन्न नसकिने भन्दै देशमा राजनीतिक स्थायित्व हुनुपर्ने बताए । अध्यक्ष नेपालले सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले पदमा को बस्छ भन्ने कुरा महत्त्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।
अध्यक्ष नेपालले जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको बताए । उनले नागरिकमा राजनीतिक दलहरूप्रतिको विश्वास हराउँदै जानु दुःखद् भएको बताए ।a