Hamro Sanchar

भालुको आक्रमणबाट अर्घाखाँचीमा १ बृद्धको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २० गते


बुटवल । अर्घाखाँचीमा भालुको आक्रमणमा परी १ जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा भालुको आक्रमणमा परी ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो । घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा-२ ओखारी भन्ने ठाउँमा भालुले आक्रमण गरेर बृद्धको मृत्यु भएको वडा अध्यक्ष रामबहादुर क्षेत्रीले जानकारी दिए ।

जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली पुग्दा भालु घटनास्थलमै रहेको र धेरै मानिसहरु देखेपछि भागेको वडाध्यक्ष क्षेत्रीले बताए । जंगल नजिकैको बस्ती भएकाले सीतापुरका बासिन्दामा भालुको आक्रमणको त्रास रहेको उनले बताए ।


प्रतिकृया दिनुहोस्