Hamro Sanchar

बुस्टर डोजको तत्काल प्रबन्ध गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १९ गते


Advertisement

काठमाडौं, पुस १९- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कोभिड–१९ को संक्रमण पुनः बढन लागेको भन्दै बुष्टर डोज खोप तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘ हाल कोभिड १९ को संक्रमण पुनः क्रमशस् बढ्न लागेको प्रकाशमा आएको छ। जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरु गर्ने । बुष्टर डोज खोपको लागि कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला ।’


प्रतिकृया दिनुहोस्