Hamro Sanchar

टी-२० लिग विवाद : क्यानले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १९ गते


Advertisement

काठमाडौं । पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेका नेपाल टी २० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबिच सहमति भएको छ । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका छन् ।

र काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घन्टापछि सुरु भएको छ । खेलाडीले टस गर्न नमानेपछि ढिलो गरि सुरु भएको खेल ९ ओभरमा झारिएको छ । खेलमा टस जितेर काठमाडौं नाइट्सले पहिला ब्याटिङ रोजेको छ ।

नेपाल टी-२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएपछि खेलाडीले टस गर्न मानेका थिएनन् । तर जतिनले आफू बैंक ट्रान्सफरको काम मिलाउनका लागि भारत आएको बताएका छन् । अनलाइनखबरको सम्पर्कमा आएका उनले आफू नभागेको बताएका छन् ।


प्रतिकृया दिनुहोस्