Hamro Sanchar

३ सय किलो गाँजासहित २ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १७ गते


विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट ३०० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार दिउसो साढे ४ बजे रंगेली नगरपालिका-१ बबियाका मनोज राजवंशीको घरबाट प्रहरीले ३०० किलो गाँजा बरामद गरेको हो । गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा दिउँसो ४:३० बजेतिर गाँजा फेला परेको हो । प्रहरीले गाँजासहित ४२ वर्षीय राजवंशी र धनकुटाको शहीदभूमि गाउँपालिका-२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई पक्राउ गरेको छ ।

राईले प्रयोग गर्दै आएको प्रदेश १-०२-०५० प २७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिकृया दिनुहोस्