काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी ली खछ्याङले लिखित बधाई पठाएका छन्। नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर समकक्षीको उक्त बधाई दिएका हुन्।
राजदूत वाङ जिनले दिएको बधाई पत्रमा प्रधानमन्त्री खछ्याङले प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन्।
‘तपाईं नेतृत्वको नयाँ सरकारले राष्ट्रिय एकता, स्थायित्व र आर्थिक तथा सामाजिक विकासमा जोड दिनेमा हामीले आशा राखेका छौँ,’ बधाई पत्रमा भनिएको छ। उनले नेपाल र चीन परम्परागत मित्र रहेको र एक(अर्काको सम्मान गर्दै समान हैसियतमा दुई मुलुक अघि बढ्नुपर्ने बताएका छन्।