Hamro Sanchar

विदेशबाट ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था कायम, एमडीएमएस कर्यान्वयन स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १५ गते


काठमाडौं । सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ । भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजदेखि जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेका अनुसार आजबाट विदेशबाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको उउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन नगरिएको बताए । ‘हामीलाई हिजो बेलुका नयाँ लागू गर्न खोजिएको व्यवस्था कार्यान्वयन नगर्न निर्देशन आएको छ,’ उनले भने,’हामीले प्रज्ञापनपत्र दिएका छैनौं ।’

सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० पूर्ण प्रयोगमा ल्याउँदै विदेशबाट आउने मोबाइल नेपालमा दर्ता गर्नका लागि भन्सार विन्दुमा प्रज्ञापनपत्र दिने व्यवस्था गरेको थियो । यसैअनुसार विदेशबाट आएका यात्रुले बोकेको पहिलो मोबाइलको दर्ताका लागि निःशुल्क प्रज्ञापनपत्र जारी गर्ने र दोस्रोको लागि १८ प्रतिशतसम्म भन्सार तिरेर प्रज्ञापनपत्र लिने व्यवस्था गरिएको थियो ।

तर सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको हो । चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था पनि तत्कालका लागि स्थगित गरेको छ । साथै  अब पनि २ भन्दा बढी मोबाइल ल्याएमा भने भन्सारले जफत गर्ने नियम विद्यमान रहनेछ ।


प्रतिकृया दिनुहोस्