Hamro Sanchar

प्रभु साहले बनाए आम जनता पार्टी, ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १४ गते


Advertisement

काठमाडौं । ४ मंसिरको चुनावअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।

पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ । आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको साहले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्