Hamro Sanchar

कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा ३ जनाको उम्मेदवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १४ गते


Advertisement

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् ।

निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको हो । अर्याल सभापति शेरबहादुर देउवा प्यानलका हुन् । कृष्णप्रसाद सिटौला र कार्की डाक्टर शेखर कोइराला पक्षका हुन् । दलको नेता छान्न भोलि शुक्रबार निर्वाचन हुँदैछ ।


प्रतिकृया दिनुहोस्