Hamro Sanchar

सरकारलाई समर्थन गर्न माधव नेपाललाई प्रचण्डको आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १३ गते


Advertisement

काठमाडौं, पुस १३- सत्ता साझेदार दलका शीर्ष नेताको बैठक भोलि बालुवाटारमा बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको वार्तामा भोलि बालुवाटारमा शीर्ष नेताको बैठक बस्ने विषयमा कुराकानी भएको थियो ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार सरकार निर्माणपछि नीति तथा कार्यक्रम र सरकारको प्रभावकारिताका सम्बन्धमा दुई नेताबीच छलफल भएको थियो ।

“भोलि फेरि बालुवाटारमा कुरा गर्नेगरी टुंगिएको छ । भोलिको बैठकमा सत्ता साझेदारका सम्बन्धमा छलफल गरिने भएको छ,” उनले भने ।

यसैबीच प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि कुराकानी गरेका छन् । बिहान भएको छलफलमा सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।

छलफलमा नेता नेपालले पार्टीमा छलफल गरेर निर्णय दिइने बताएका थिए ।

“माधवकुमार नेपालसँग पनि कुरा भएको छ । सरकारलाई समर्थन दिने विषयमा प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । उहाँहरुले सल्लाह गर्छौँ भन्नुभएको छ,” मल्लले भने ।


प्रतिकृया दिनुहोस्