Hamro Sanchar

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १३ गते


धनुषा, पुस १३– जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ ।

बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका- २ राघोपुरका ३४ वर्षीय पुरण सदाको दुर्घटनामा मृत्यु भएको हो ।

धनुषाको विदेह नगरपालिका वैदेही स्टेसनमा रेल चढ्न लागेका बेला खुट्टा अड्किएका सदाको रेलले किचेर ज्यान गएको प्रहरीको भनाइ छ । रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर लिकमा खसेका ती व्यक्तिको ज्यान गएको नेपाल रेल्वे महाप्रबन्धक निरञ्जन झाले पनि पुष्टि गरेका छन् ।


प्रतिकृया दिनुहोस्