काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाका लागि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको दाबी गरेका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी सत्तारूढ गठबन्धनको बैठकमा लामिछानेले यस्तो दाबी गरेका हुन् ।
सरकारमा सहभागी सबै दलको उक्त बैठकमा नेकपा एमालेबाट एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राईको दाबी रहेको छ भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठको रहेको छ ।
स्रोतका अनुसार रविको नेतृत्वमा सरकारमा सहभागी रास्वपालाई उपप्रधानमन्त्री दिने विषयमा सम्भावना देखिए पनि गृहको विषयमा सम्भावना कम छ ।