Skip

Hamro Sanchar

सिरियल किलर चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ६ गते


काठमाडौं । सर्वोच्च अदालतले विकिनी किलरका नामले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज देशमुखलाई रिहा गर्न आदेश दिएको छ । हत्या आरोपमा जेल सजाय पाएका शोभराजलाई सर्वोच्चले रिहा गर्न आदेश दिएको हो ।

शोभराजले १९ वर्ष आफू कैदमा बसिसकेको र उमेर ७८ वर्ष भइसकेको भन्दै रिहा गर्न भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आजै रिहा गर्न आदेश दिएको हो ।

 


प्रतिकृया दिनुहोस्