Hamro Sanchar

कानून बनाउने बेलामा सबै राजनीतिक दल एक हुनुपर्छ : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २७ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानून बनाउने बेलामा सम्पुर्ण दल एकजुट हुनुपर्ने बताएका छन् । राजनीतिक दलका हिसाबले विभाजित भएपनि कानून बनाउने बेलामा विभाजित हुन नहुने बताएका हुन् ।

लैंगिक नीतिसम्बन्धी यूनेस्कोको वर्कशपमा बोल्दै उनले भने, ‘संसदभित्र हामी कतिपय सन्दर्भमा राजनीतिक दलका हिसाबले विभाजित हुन्छौँ। तर, ऐन, नियम बनाउने क्रममा विभाजित हुनु हुँदैन। र हुँदैनौँ पनि ।’उनले संसदमा विधेयक आइसकेपछि मात्रै सरकारले ल्याएको विधेयकमा, प्रेस काउन्सिलले सांसद खोज्न थालेको बताएका छन् ।

उनले भने, ‘संशोधनमा हाल्नुपर्छ भनेर तयार नै गरेर ल्याएको हुन्छ, फरक फरक पार्टीको मान्छेले दर्ता गर्दै गर्दा कस्तो हो भन्नेकुरा थाहा भइ नै हाल्छ, कसलाई भेटेछ भन्नेकुरा थाहा भइहाल्छ । किनभने त्यो कपिपेस्ट गरेर ल्याएको हुन्छ। आउने सरकारको मान्छेले थाहा पाउँछ। उसले त्यसलाई गम्भीरतापूर्वक लिँदैन ।’


प्रतिकृया दिनुहोस्