Hamro Sanchar

शेखर कोइराला भन्छन् : कांग्रेसलाई एकढिक्का बनाउँछौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २० गते


Advertisement

विराटनगर । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य कांग्रेस नेता शेखर कोइरालाले पार्टीला एकढिक्का बनाएर अघि बढ्ने बताएका छन् । कांग्रेसका युवा नेता गुरूराज घिमिरेले लेखेका बाटो बिराएको राजनीतिु पुस्तक मंगलबार विमोचनपछि उनले सत्ता गठबन्धनकै सरकार बन्ने तर त्यसले जनताले खोजेजस्तो काम गर्छ वा गर्दैन भन्ने प्रश्न रहेको बताएका छन् ।

उनले कांग्रेसको साख गिर्न नदिन मुलुकमा सुशासन दिनका साथै भ्रष्टाचार र दण्डहीनताको अन्त्य गरेरै छाड्ने बताए । उनले युवाहरूलाई सही बाटोमा हिँड्न आग्रह गरे । विचारमा आबद्धहरू एक ठाउँ बस्ने गरेको तर विभाजन भएपछि अवसरवादीहरूले ठाउँ पाउने गरेकाले पार्टीलाई एकढिक्का बनाउने कोइरालाले प्रतिबद्धता जनाए ।


प्रतिकृया दिनुहोस्