Hamro Sanchar

माओवादीसँग एकताको हल्ला निराधार : नेकपा एस

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १६ गते


Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको हल्ला निराधार भएको बताएको छ । महासचिव बेदुराम भुसालले शुक्रवार विज्ञप्ति जारी गर्दै माओवादीसँग एकताको हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारेको हो ।

विज्ञप्तिमा केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा नेकपा एस र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भन्ने प्रचार भएको उल्लेख गर्दै यो प्रचार पूर्णतः निराधार भएको उल्लेख छ ।

विज्ञप्ति भनिएको छ, ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ, तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता र सम्वाद केही पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’

 


प्रतिकृया दिनुहोस्