Hamro Sanchar

सीके राउत उपेन्द्र भन्दा दोब्बर बढी मतले अगाडि

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ६ गते


Advertisement

जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा.सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् ।

पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।


प्रतिकृया दिनुहोस्