Hamro Sanchar

मतदानपछि राजेश हमालको घोषणा : ५ वर्षपछि राजनीतिमा आउँछु होला

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ४ गते


Advertisement

काठमाडौं । अभिनेता राजेश हमालले प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनमा मतदान गरेका छन् । लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान भोट खसाएका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै हमालले आफू पनि भविष्यमा राजनीतिमा आउने बताए ।

उनले भने, ‘यो चुनावबाट आउने परिणामले नयाँ मार्गनिर्देशित गर्छ । त्यसपछि मलाई लाग्छ कि यसमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै हुनुहुन्छ । मेरो पनि त्यही नै हो ।’ त्यसो भए तपाईं पनि राजनीतिमा आउने हो ? भन्ने पत्रकारको प्रश्नमा हमालले सकारात्मक जवाफ दिए ।

‘म आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको छु । मलाई लाग्छ कि अर्को पाँच वर्षपछि म नेपाली राजनीतिमा सायद आउँछु होला ।’


प्रतिकृया दिनुहोस्