भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिएका छन् ।
सभास्थल नजिकै बम विष्फोट गराउन हिँडेका युवक आफैं घाइते भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको बम विष्फोट भएर घाइते भएको बताइएको छ । भोजपुरको अरुण गाउँपालिका-३ स्थित तिवारी भञ्ज्याङमा गठबन्धनको कार्यक्रम सुरु हुँदै थियो
घाइतेको खुट्टामा चोट लागेको छ । यो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तय छ । तर उनी कार्यक्रमस्थलमा नपुग्दै विस्फोट भएको हो ।